Logos designed by Bhaju Mahesh

A short movie by Saroj Mahato

[I have played the role of Shyamsharan in this movie. Please check this out.]

DHULO is a story of two individual who come from a very struggling childhood. It tells the story of their relentless struggle to survive in the complex urban circumstances. The story unfolds with an ordinary day in their lives. Two street children, one of the boys finds a plastic GUN while searching for food in the dump. The bigger and stronger boy snatches the toy gun and runs away. This incident breaches their friendship and they go separate ways. Years later, the weaker turns into a pickpocket and the stronger becomes a young and popular but corrupt politician. One dusty noon the pickpocket lifts the wallet of a man. Caught in this devious act the man turns only to find that the pickpocket is his long lost friend. They recognize one another; they are the same boys from the street. Now they face an ethical dilemma- who is actually right and who is the one that is wrong?

Facebook fan page of Dhulo:
https://www.facebook.com/pages/Dhulo/369162946459744

Official webpage of Dhulo:
http://bikalpaartcenter.org/dhulo/

मनका कुरा–०१ [Manka Kura-01]

अभिमन्यू मैले तपाईको प्रश्नको जवाफ भनौं या मेरो बुझाईंलाई नेपालीमै लेख्ने चेस्टा गरेको छु । मलाई नेपालीमै धेरै कुरा बुझाउन सजिलो पर्छ ताकी दोभासेमा अर्थको अनर्थ नलागोस् ।
प्रथमतः म पनि एक रङ्गमञ्च र ललितकलाको पृष्ठभूमीबाट आएको हुँदा, तपाईंले रङ्गमञ्चका कलाकारहरूलाई आफ्नो चलचित्रमा सामेल गराउनु भएकोमा खुशी छु । मेरो बुझाईमा जुजुकाजी पनि रङ्गमञ्चका कलाकार हुन् । पहिले ललित कलाकार अनि पछि मात्र समाजसेवी । सरिता दिदी मेरा अग्रज हुन् (जस्ले मलाई रंगमञ्च र अभिनयमा ताते हिडाउँन सहयोग गरेका छन्) र मिश्री दिदीसँग एउटा रेडियो नाटक गरेको छु, जसमा वहाँ मेरो आमाको भूमिकामा हुनुहुन्थ्यो । उहाँहरूको अभिनय गज्जव छ; काम राम्रो छ ।

मेरो बुझाईमा रंगमञ्च कलाकार या भनौं अभिनेता÷अभिनेत्रीको माध्यम हो, अनि सिनेमा निर्देशकको । रंगमञ्चमा एक दिनमै, एक हप्तामै वा महिनौं लगाएर पूर्वाभ्यास गरि नाटक तयार गरिन्छ अनि देखाइन्छ चाँहे त्यो बन्द रंगमञ्चमा होस् या खुल्ला रंगमञ्चमा । नाटकको पूर्वाभ्यास र नाटक मञ्चन हुनु केहीबेर अघिसम्म निर्देशकको धेरै कुरा चल्न सक्छ त्यहाँ तर जब नाटक शुरु हुन्छ, तव नाटकलाई बचाउने, मार्ने जिम्मा सब कलाकारमा भर पर्छ । त्यसैले नाटक वा रंगमञ्चलाई कलाकारको माध्यम भनिएको हो । सिनेमामा एक्सन र कट भन्दै कलाकारलाई आफ्नै इसारा या भनौं निर्देशनमा बढि काम गराउन चाहने निर्देशक हावी हुन्छन् । चलचित्रलाई बचाउने प्रमुख भूमिका उसकै हुन्छ । सायद त्यसैले सिनेमा निर्देशकको माध्यम भनिएको हो । त्यस्तै रंगमञ्चमा दर्शकहरू प्रत्यक्ष सहभागी हुने हुँदा, यसको सफलता र असफलता नाटक सकिना साथ दर्शको पृष्ठपोषणबाट था’हुन्छ । तर सिनेमामा त्यसको लागि समय लाग्छ । चलचित्र प्रदर्शनमा नआउन्जेल कुनुपर्ने हुन्छ । रंगमञ्चमा क्लोज अप, वाइड सट, स्टाव्लिसिङ् सट, वान मेन सट, टु मेन सट आदि इत्यादि केही हुन्न । पूरै वाइड र स्टाव्लिस्ड सट ! बरु ट्रान्जिसनका लागि प्रकाशको सहारा लिइन्छ । कुनै चरित्र वा दृष्यलाई फोकस गर्नाका लागि फोकस लाईटको प्रयोग गरिन्छ । त्यसैले पनि रंगमञ्चमा कलाकारहरूको अभिनयलाई अलि भड्क्लिो मानिन्छ अर्थात् लार्जर द्यान दी लाईफ भनिन्छ । त्यो बाध्यता पनि हो । आफू अगाडि बसेर आफ्नो अभिनय हेरिरहेका दर्शकले आफ्नो भावभंगिमा र एक्सप्रेसन देख्न सकुन् भन्नाका लागि पनि कुनै–कुनै ठाउँमा आवश्यकता अनुसार उनीहरूले त्यसो गर्नुपर्ने हुन्छ । अर्को प्रमुख कुरा रंगमञ्चमा कट र रिटेकको सुविधा हुँदैन । फुल लेन्थ, एकैचोटी । शुरु भएदेखि अन्त्यसम्म । त्यसैले नाटकमा कलाकारहरूले कही, कतै, केही खुस्की हाल्यो भने वा बिग्री हाल्यो भने इम्प्रुभाइज गर्छन् । सिनेमामा त कट भन्ने निर्देशक छँदैछन् ।

मैले अग्रजका कुरा सुनेको र बुझेको । पहिले कलाकारहरूलाई निश्चित एरिया दिइएको हुन्थ्यो; क्यामेराले कैद गर्ने एरिया । जुन एरिया भित्रमात्र कलाकारले मुभ अर्थात् हिँड्डुल गरि अभिनय गर्न पाउँथे । दिइएको एरिया क्रस गर्नासाथ, निर्देशकको ‘कट्’ । तर अहिले मेरो बुझाइमा त्यस्तो समस्या छैन । पहिले कलाकारले क्यामेरालाई फलो गर्थे भने अहिले क्यामेराले कलाकारलाई । कि कसो पुरु दाइ ?
सायद यही भएर होला, अहिले रंगमञ्चबाट चलचित्रतिर गएका वा आएका कलाकारहरूलाई पनि अभिनय गर्न सजिलो भएको । नत्र उहीलेको जमानामा जस्तै भएको भए, धेरैचोटी ‘कट्’ खाने सम्भावना व्यापक हुन्थ्यो । रंगमञ्चमा लाउड अभिनय गर्दै आएका कलाकारलाई सिनेमामा त्यो अलि बढि हुने सम्भावना हुन्छ । मैले अगाडि नै निवेदन गरिसके, रंगमञ्चमा लाउड एक्टिङ् आवश्यकता हुनसक्छ तर सिनेमामा घाँडो÷अनावश्यक । त्यसैले पनि रंगमञ्चकका कलाकारहरूले ओभर एक्टिङ् गर्छन् भन्ने भ्रमले त्यहाँका कलाकारहरू नलिने हाम्रा चलचित्र उद्योगका अग्रज निर्देशकहरू अहिले सौगात मल्ल, कर्मा, दया, सरिता जस्ताले पाएको सफलता देखेर जिल खान्छन् होला । अरे, यार अभिनय राम्रो गर्ने कलाकारले रंगमञ्चमा मात्र नभै सिनेमामा र सिनेमामा मात्र नभै रंगमञ्चमा पनि उत्तिकै आफ्नो कुशल अभिनय देखाउन सक्छन् । उदाहरण तपाईं, हामै्र अगाडि छ । मात्र उनीहरूलाई माध्यमसँग फमिलिएर गराउनु जरुरी हुन्छ । क्यामेरा, सेट, लाइट आदिको बारेमा जानकारी दिनु जरुरी हुन्छ । सौगात दाइले एकदिन कागबेनीको सुटिङ् अनुभव सुनाउँदा रिमोटबाट स्वचालित क्यामेरा मुभगर्दै कतिखेर आफ्नो अगाडि आइपुग्ने था’नपाएर कतिचोटी टेक खानु परेको बताउँदा हामी पनि दङ्ग पथ्र्यौ । सायद कलाकारहरू प्रविधि, सेट, प्रकाश आदिसँग जानकार रहेमा यस्तो समस्या नआउन सक्छ । अनि कलाकारहरूलाई पनि कति ठाउँमा उनीहरूले चाहेको ठाउँमा फ्रि छाँडिदिदा राम्रो रिजल्ट आउन सक्छ । तर चलचित्र कसको माध्यम रे ? हो, नियन्त्रण गर्ने जिम्मा चाँही तपाईं नर्देशककै हुन्छ । कलाकारहरूको अभिनयमा तपाईं नी बग्न थाल्नु भो, दङ्ग परेर भुल्न थाल्नु भो भने, अर्को चोटी देखि तपाईंले पनि भन्न थाल्नुहुन्छ ‘ह्या, …हरू ओभर याक्टिङ् गर्छन् ।’

अन्ततः राम्रो कलाकार त्यो हुनसक्छ वा वन्नसक्छ जसले आफ्नो चरित्रलाई त बुझ्नु, पढ्नु वा घोक्नु त छँदैछ, साथमा बदलिँदो समय, परिवर्तित प्रविधि आदिका बारेमा पनि अपडेटेड भई त्यसमा आफू अनुकुलित भई काम गर्दै अगाडि बढ्छ । अनि म भन्छु, सफलता अवश्य पनि उसकै हातमा छ, हुन्छ ।

शुभम् !
(२०६८ चैत ६ गते)

Bhaju Mahesh photo gallery in Flickr. Check this out.http://www.flickr.com/photos/bhajumahesh/

Bhaju Mahesh photo gallery in Flickr. Check this out.
http://www.flickr.com/photos/bhajumahesh/

Radio Drama ‘Gaunko Katha Estai Huncha Hai [गाउँको कथा यस्तै हुन्छ है]’




Radio Drama: Gaunko Katha Estai Huncha Hai [गाउँको कथा यस्तै हुन्छ है]
Writer: Saruvakta
Editor and Director: Mahesh Shrestha [Bhaju Mahesh]
Producer: LI-BIRD
Production Co-ordinator: Muna Udas
Recordist: Pushkar Regmi
Artists: Prakash Ghimire, Keshu Shrestha, Bishnu Gautam, Nabaraj Tripathi, Rabina Ale Magar, Gauri Sharma, Dilip Bhandari, Barsha Keshav Parajuli, Mohan Singh Khadka and Krishna Lamsal


Please find the full episodes of the drama:
http://soundcloud.com/bhajumahesh/sets/radio-drama-gaunko-katha-estai